सानेपा हत्याकाण्ड: घटनास्थलका ६ तस्बिरहरु

अर्जुन कार्कीको सानेपास्थित घर। तस्बिर: बर्षा शाह

काठमाडौँ – सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।

पूर्वसचिव अर्जुन कार्की (बिचमा) उनी श्रीमती मुनाको मृत्युपछि भावविह्वल अवस्थामा । तस्बिर : बर्षा शाह/देश सञ्चार

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

कार्कीका दुई छोरी विदेशमा छन् भने एक छोरा काठमाडौँमै कक्षा पाँचमा अध्ययनरत छन् । मृतक चौधरीको शव परीक्षणका लागि प्रहरीले अस्पताल लगेको छ ।

मृतक विजय चौधरीको शव प्रहरीले निकालेर लैजाँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार
मृतक विजय चौधरीको शव प्रहरीले निकालेर लैजाँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू