सिसिटिभी फुजेटमा देखियोः पछाडिबाट हिर्काएर कार्की पत्नी मुनाको हत्या

अर्जुन कार्कीको सानेपास्थित घर। तस्बिर: बर्षा शाह

काठमाडौँ – सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट हिर्काएर अचेत बनाएको भेटिएको छ।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले श्रीमती मुनालाई आक्रमण गरेको देखिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

महाशाखले स्रोतले देश सञ्चारसँग भन्यो, ‘फुटेजमा चौधरीले पछाडिबाट आक्रमण गरी लडाएको देखिएको छ। लगाएपछि उसले घाँटी थिचेको पाइयो।’ अचेत अवस्थामा फेला परेकी मुनालाई उपचारका क्रममा स्टार अस्पतालमा पु¥याइए पनि तत्कालन मृत घोषणा गरिएको थियो।

मुनालाई गम्भीर आक्रमण गरेपछि दाङका २२ वर्षे चौधरीको झुण्डिएर आत्महत्या गरेको प्रहरीको दाबी छ। उनी अर्को कोठामा झुण्डिएपछि डोरी चुडिएर भुईमा लडेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ।

मृतक विजय चौधरीको शव प्रहरीले निकालेर लैजाँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो । आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन्। उनका दुई छोरी र एक छोरा छन्।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू