अनुदान माग्दै किसान प्रस्तावनाका चाङ

सिमकोट – जिल्ला कृषि विकास कार्यालयमा सहयोग माग्नका लागि किसाहरुका प्रस्तावनाका चाङ लागेका छन् । कर्णाली प्रदेश सरकारद्वारा जिल्ला कृषि विकास कार्यालय मार्फत अनुदान सहयोगमा कृषि उपजका कार्यक्रम उपलब्ध हुने भएप्छि किसानहरुले कार्यालयमा निवेदन पेश गरेपछि प्रस्तावनाका चाङ लागेका हुन् ।

चालु आर्थिक वर्षमा कार्यालयले १४ वटा शीर्षकमा कृषिसँग सम्बन्धित कार्यक्रमहरु अनुदानमा किसानद्वारा सञ्चालन गर्ने भएपछि कृषि विकास कार्यालयमा प्रस्तावनाका चाङ लागेको कार्यालय प्रमुख चन्द्रभुषण झाले बताए ।

कृषि क्षेत्रको संरक्षण र उत्पादनमा बृद्धि गर्न चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट आएका कार्यक्रमहरु किसान मार्फत गर्न केही समय अगाडि कृषि समूह, सहकारी र अगुवा किसानका लागि प्रस्तावना माग गरिएको थियो ।

सबै शीर्षक गरि एक हजार ३७० वटा प्रस्तावना कार्यालयमा पेश भएको प्रमुख झाले बताए । कार्यालयमा पेश हुन आएका प्रस्तावना माथि छानबिन कार्य भैरहेको र अब केही दिनमा छनौट कार्य सम्पन्न गरेर सार्वजनिक गरिने भएको छ ।

पेश भएका प्रस्तवनाहरु सात वटै गाउँपालिकाबाट आएको र त्यसमा फलफुल खेती, तरकारी खेती, रैथाने अन्नबाली संरक्षण, सहकारी प्रर्बद्धन, सिँचाइ, गबिरी निवारण लगायतका रहेका छन् ।

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्