पूर्व सचिव कार्की पत्नी मुनाको अन्त्येष्टी बुधबार हुने

पूर्वसचिव अर्जुन कार्कीको घरमा राखिएको सिसिटिभी। तस्बिर: बर्षा शाह

काठमाडौँ – ललितपुरको सानेपामा रहेको घरमै सोमबार हत्या भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अन्त्यष्टि बुधबार हुने पारिवारिक स्रोतले जनाएको छ। मंगलबार राती दुवै छोरीहरु नेपाल आईपुग्ने र बुधबार मुनाको अन्त्येष्टी हुने जनाइएको छ।

पूर्वसचिव कार्कीकी पत्नी मुनाको सोमबार बिहान घरमै हत्या भएको थियो।

कार्कीको घरमा विसं २०६६ देखि कामदारका रुपमा बस्दै आएका २२ वर्षका विजय चौधरीले मुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मुना र विजयको शव हाल पाटन अस्पतालमा राखिएको छ ।

मुनाका दुई छोरी बेलायत र अमेरिकामा रहेका छन् । कार्कीका तीन सन्तानमध्ये १२ वर्षीय छोरा भने नेपालमै छन्।

 

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्