अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए एन्ड्रयू याङ्ग

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट एन्ड्रयू याङ्ग बाहिरिएका छन् । एसियन मुलका याङ्गले न्यू ह्याम्सरमा भएको प्राइमरी ककसपछि आफ्नो चुनावी अभियान अन्त्य गरेको घोषणा गरेका हुन् ।

उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा थिए । व्यवसायी याङ्गले आफूले गणित जान्ने र अहिलेसम्म प्राप्त समर्थन अनुसार उम्मेदवारी जित्ने सम्भावना नरहेकाले सफल नहुने अभियानका लागि अरुबाट डोनेसन लिन नचाहेको बताउँदै चुनावी अभियान अन्त्य गरेको घोषणा गरेका हुन् ।

याङ्गसँगै कोलोराडोका सिनेटर माइकल बेनेटपछि उम्मेदवारीको होडबाट बाहिरिएका छन् । याङ्ग र माइकलले चुनावी अभियान अन्त्य गरेसँगै डेमोक्र्याटिक पार्टीमा राष्ट्रपति उम्मेदवार बन्ने होडमा अब ९ जना बाँकी रहेका छन् ।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्