स्वस्थ र दक्ष जनशक्ति उत्पादन पहिलो प्राथमिकताःमुख्यमन्त्री

दाङ–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्वस्थ र दक्ष जनशक्ती उत्पादन गर्ने प्रदेश सरकारको प्राथमितामा रहेको बताएका छन्।

लमही सामुदायीक डायलाइसिस सेन्टरको लमहीमा बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समग्र विकासको आधार स्वस्थ र दक्ष जनशक्तीनै भएको भन्दै प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको बताए।

प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा रोटरी क्लव संग सहकार्य गरेर अघी बढ्ने प्रतिबद्धता जनाए। ‘यो प्रदेशमा रोटरी क्लवले गर्ने लगानीमा प्रदेश सरकारले साझेदारी गर्ने छ। आउदो बैशाख सम्म यहाँहरुले प्रस्तावना ल्याएर आउनु भयो भने आउदो बजेटमा हामीले समेट्ने छौं’उनले भने–‘समुदाय, रोटरी क्लव र प्रदेश सरकार मिलेर ठूला परियोजना चलाउन सकिन्छ। जती ठूलो भोलुममा यहाँहरुले प्रस्तावना ल्याउनुहुन्छ। हामीलाई लगानी जुटाउन दवाव पर्ने छ र हामीले लगानी जुटाउने छौँ।’

लमहीको सम्भावना धेरै रहेको भन्दै यहाँ आउने लगानीलाई सदुपयोग गर्न स्थानिय सरकारलाई सुझाव दिए। प्रदेश सरकारले लमहीमा प्रादेशीक ट्रमा सेन्टर स्थापनाको निर्णय गरेको छ। तर, ट्रमा सेन्टर स्थापना हुने ठाउँ खाली नहुदा पूर्वाधार निर्माणमा समस्या परेको छ।

‘गत बर्ष डिपिआर बनेर सकिनु पर्ने हो। अहिले पनि डिपिआरमै काम अड्कीएको पाईयो। स्थानीय सरकार नतात्दा सम्म ट्रमा सेन्टरको काम अघी बढाउन सकिदैन्’उनले भने–‘ट्रमा सेन्टरको काम अघी बढाउन स्थानीय सरकारले ध्यान दिनै पर्छ। यहाँ आएको कार्यक्रमलाई स्थानिय सरकारले छिटो भन्दा छिटो कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्छ।’

प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले मानिसको असन्तुलीत आनीबानीले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै आनीबानीमा सुधार ल्याउन आग्रह गरिन।

प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देउखुरी क्षेत्र हेर्दा सुगम देखिएपनि स्वास्थ्यका दृष्टिकोणले पिछडिएको भन्दै स्वास्थ्य क्षेत्रमा पछिल्लो पटक भएका सुधारले नयाँ अवसर प्राप्त हुन थालेको बताए।‘बाचुञ्‍ जेलसम्म त उपचार नपाउने अवस्था छ।

मरेपछि समेत पाउने पोष्टमार्टमको सेवा समेत पाउन मुस्किल पर्छ’उनले भने- ‘अब यहाँ खुलेको डायलाइसिस सेन्टरले बिरामीलाई धेरै सुविधा पु¥याएको मैले पाएको छु।’

शर्माले डायलाइसिस सेन्टरको स्तरबृद्धि गर्दै यसलाई मुटु अस्पतालको रुपमा विकाश गर्न आग्रह गरे।

कार्यक्रमलाई नेपाल भुटान ३२÷९२ डिस्ट्रीकका गभर्नर किरणलाल श्रेष्ठ, प्रदेश सभा सदस्य विष्णु पन्थी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, रुपन्देही संघका अध्यक्ष बावुराम बोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की, रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्य लगायतले सम्बोधन गरेका छन्।

१० ओटा मेसिनबाट नियमित डायलाइसिस


लमही नगरपालिका वडा नं. ५ रातोडाँडामा सामुदायिक डायलाईसिस सेन्टर स्थापना भएपछी मृगौलाको नियमित डायलाइसिस गर्नुपर्ने बिरामीले सेवा पाईरहेका छन्।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा डायलाईसिस सेन्टर स्थापना भएको हो।

एक हप्ता अघी बाट सेवा सुरु गरेको डालाइसिस सेन्टरबाट अहिले सम्म १५ जनाले डायलाइसिसको नियमित सेवा लिन थालेका छन्। यहाँ हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस सेवा शुरु गरिएको छ। आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने छ।

करिब ५ करोडको लागतमा १० वटा मेशिन जडान गरि शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जना र ९० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए।

सरकारले मृगौलाको निःशुल्क उपचार घोषणा गरेको छ। तर, बिरामीले आफ्नै जिल्लाको सरकारी अस्पतालबाट डायलाइसिस सेवा पाउन सकिरहेका छैनन्। जिल्लाको दुई सरकारी अस्पतालबाट समेत डायलाइसिस सेवा प्रदान गरिदै आएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुर प्रादेशिक अस्पतालमा डायलाइसिस सेवाको सुविधा छ। बिरामीले यि अस्पतालबाट सेवा पाउन पालो कुर्नेपर्ने बाध्यता छ। स्वास्थ्यविज्ञान प्रतिष्ठानमा दुई ओटा मात्रै मेसिन छ। यहाँ मेसिन थप गर्ने समेत तयारी छ। यस्तै राप्ती प्रादेशीक अस्पतालमा पाँच ओटा मेसिन छन्।

प्रदेश स्थापना दिवसको अवसरमा निःशुल्क शिविर


प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा बिहिबार लमही नगरपालिका वडा नं. ५ रातोडाँडामा निःशुल्क स्वास्थ्य शिबिर राखिदै छ।

मुटु, मृगौला, दम तथा छातीको उपचारको लागी निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिन थालिएको हो।

विहान ८ बजे देखी दिउसो साढे तीन बजे सम्म उपचार सेवा जारी रहने छ। शिबिरमा बिशिषज्ञ डाक्टरहरुले बिरामी जाँच गर्ने छन्।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्