शुक्रबारदेखि विराट एक्सपो, बरमझियाको पेडादेखि मार्सी चामलसम्म

मोरङ-विराटनगरमा शुक्रबारबाट कृषि तथा औद्योगिक अन्र्तराष्टिय प्रर्दशनी विराट एक्सपो २०७६ को आयोजना हुने भएको छ।

उद्योग संगठन मोरंगद्धारा आयोजित प्रदर्शनीका विषयमा बुधबार पत्रकार सम्मेलनका क्रममा एक्सपोका संयोजक भोलेश्वर दुलालले कृषि तथा औद्योगिक उत्पादन र प्रविधि प्रवर्द्धनलाई एक्स्पोले प्राथमिकता दिएको जानकारी दिए।

उनका अनुसार उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार, सम्भावित बजार र लाभका क्षेत्रको पहिचान, पर्यटन प्रवद्र्धन, उत्पादकहरु बीच स्वस्थ्य प्रतिष्पर्धा, लगानी मैत्री वातावरण निर्माणमा सहयोग, बैंक तथा वित्तिय क्षेत्रको गतिविधिबारे जानकारी दिने मुख्य उद्धेश्य रहेको छa। प्रदर्शनीमा सप्तरी बरमझियाको पेडादेखि जुम्लामा उत्पादन हुने मार्सी चामलसम्म रहने दुलालले जानकारी दिए।

त्यसैगरि प्रदर्शनीमा पर्यटकीय नगरी इलामको ललिपपदेखि उदयपुरको खरायोसमेत राखिने बताइएको छ। ३ सय ४० स्टल रहने प्रदर्शनीमा हेलिकप्टरबाट औद्योगिक नगर विराटनगरदेखि ताप्लेजुंगस्थित पाथीभरा मन्दिरसम्म हेलिकोप्टरबाट दर्शन गर्न सकिनेछ।

त्यसैगरि उद्योग संगठन मोंरगका अध्यक्ष भीम घिमिरेले ९ दिनसम्म चल्ने एक्स्पोमा करिब १ अर्ब रुपैयाको कारोबार हुने अनुमान रहेको जानकारी दिए। अध्यक्ष घिमिरेका अनुसार स्थानीय उत्पादनसंगै एक्स्पोमा भारत, बंगलादेश, श्रींलका, पाकिस्तान र भुटानका औद्योगिक उत्पादन रहने छ।

अर्थमन्त्री यूवराज खतिवडाद्धारा उद्घाटन हुने यस एक्स्पोको ३ लाख दर्शकले प्रत्यक्ष रुपमा आवलोकन गर्ने आयोजक पक्षको अनुमान गरेकाछन्।

एक्स्पोका लागि हालसम्म औद्योगिक उत्पादनका लागि १ सय ६०, कृषि, घरेलु तथा हस्तकलाका ६०, अन्र्तराष्टियका लागि ४०, अटोमोवाईल्स ३८, खाद्यान्नका १२ स्टल, वैंक तथा वित्तिय संघसंस्था, सूचनामूलक जनचेतामूलकका २०, खाद्यान्नका १० स्टल रहने जानकारी दिइएको छ।

यसप्रकारको एक्स्पो प्रत्येक वर्ष उद्योग संगठन मोरंग र मोरंग ब्यापार संघले आलोपालो गर्दै आयोजना गर्दै आएका छन्।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू