अरविन्द केजरीवाललाई भाजपा नेताले आतंकवादी भने

भारतीय जनता पार्टी (भाजपा) का एक नेताले अरविन्द केजरीवाललाई ‘आतंकवादी’ भनेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको विश्वासनगरका विधायक तथा भाजपा नेता ओपी शर्माले केजरीवाललाई आतंकवादी भनेका हुन् ।

केजरीवालले देश टुक्र्याउन चाहनेलाई साथ दिएको शर्माको आरोप छ । मंगलबार आएको चुनावी नतिजामा ओपी शर्माले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै १६ हजार मतले पछि पारेका थिए ।

यसैबिच दिल्ली विधानसभा चुनावमा अत्याधिक बहुमत ल्याएको आम आदमी पार्टी (आप) मा अहिले उत्सवको महोल छ।

आपका संयोजक अरविन्द केजरीवालले आउँदो आइतबार दिल्लीको रामलिला मैदानमा तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिने छन् । सो कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्री सहभागी हुने एसियन एजले जनाएको छ ।

भारतीय पत्रिकार एसियन एजका अनुसार केजरीवालले नयाँ मन्त्रीमण्डलमा आफ्नो पुरोनो मन्त्रीमण्डलका मनीष सिसोदिया, गोपाल राय, सत्येन्द्र जैन, कैलाश गहलोत र इमरान हुसैनसहितलाई निरन्तरता दिने सम्भावना छ । यस्तै नयाँ तथा युवा प्रतिनिधिका रुपमा आतिशी मार्लेना र राघव चड्ढालाई मन्त्रीमण्डलमा ल्याउने तयारीमा केजरीवाल रहेको बताइएको छ ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्