अन्तिम खेलमा जुमानुको ह्याट्रिक

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन पूर्व विजेता नेपाल पुलिस क्लबले जितसहित यात्रा टुंग्याएको छ। पुलिसले बिहीबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ३–० गोलले हरायो।

पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे।  राष्ट्रिय टोलीका पूर्व स्ट्राइकरसमेत रहेका जुमानुले ४९ औं, ५४ औं र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। लिगको यो सिजन दोस्रो ह्याट्रिक भएको हो। यसअघि थ्रीस्टार क्लबका सन्जोग राईले ह्याट्रिक गरेका थिए।

१३ खेलबाट २० अंक भएको पुलिस तालिकाको पाँचौँ स्थानमा छ। आफ्नो अन्तिम खेलमा जावलाखेल क्लबले हार ब्यहोरेमा पुलिस यो सिजन घरेलु लिगमा पाँचौँ हुने छ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्