उत्तरप्रदेशमा ट्रकसँग बस ठाेक्किँदा १६ जनाको मृत्यु

भारतको उत्तर प्रदेश (आगरा–लखनऊ सडकखण्ड) मा बुधबार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छन् ।

तीनजनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले बताएको छ । बस दिल्लीबाट बिहारको मोतिहारी गइरहेको थियो ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्