शान्तिको कामना गर्दै काठमाडौंदेखि लुम्बिनीसम्म पदयात्रा

शान्तिको कामना गर्दै स्वयम्भूदेखि लुम्‍बिनीसम्‍म पदयात्रामा हिडेका भिक्षुहरु। प्रत्येक दुई वर्षमा यी भिक्षुहरु शान्तिपद यात्रा गर्दै लुम्बिनी आउने गरेका छन्। तस्बिर-सुलभ श्रेष्ठ/ देश सञ्‍चार

काठमाडौं- शान्तिको कामना गर्दै काठमाडौंको स्वयम्भूदेखि लुम्‍बिनीसम्‍म पदयात्रामा निस्किएका छन्।

काठमाडौंबाट पैदल यात्रामा निस्किएका उनीहरु थानकोट, चित्लाङ, चन्द्रगिरीडाँडा, कुलेखानी, हेटौंडा, नारायणघाट, दाउन्ने, रामग्राम, भैरहवा हुँदै टोली १८ दिनमा भैरहवा हुँदै लुम्बिनी पुग्‍नेछन्।

विश्‍वमा शान्तिको कामना गर्दै थाइल्यान्ड, लाओस र नेपालका गरी ७५ जना भिक्षुको दुइ टोलीले लुम्बिनीसम्म शान्ति पदयात्रा सहभागी भएका छन्। जसमा ४६ जनाको टोली बौद्धनाथबाट लुम्बिनी तर्फ लागेका छन् भने ३० जना भिक्षुको टोली पोखरा हुँदै लुम्बिनी पैदल यात्रामा निकस्किएको भिक्षु अशोक भन्तेले जानकारी दिए।

उनका अनुसार नेपालबाट ४ जना उपासक र ७ जना उपासिकासहित थाइल्याण्ड, लाओसका भिक्षुहरु पदयात्रामा रहेका छन्। उनीहरु २० दिनको  पैदल यात्रापछि बुद्ध जन्मस्थल लुम्बिनी पुग्‍नेछन्।

गौतम बुद्धले ४५ वर्षसम्म हिँडेर विश्वमा शान्तिको प्रचार गरेकोले त्यसको स्मरणमा पैदल यात्रामा निस्किएको भन्ते अशोकले बताए। गौतम बुद्धले ४५ वर्षसम्म हिँडेर विश्वमा शान्तिको प्रचार गरेकोले त्यसको स्मरणमा पैदल यात्रामा निस्किएको उनको भनाइ छ।

यसअघि भिक्षुहरुले बुद्धले ज्ञान प्राप्त गरेको स्थल भारतको बोधगायाबाट लुम्बिनीमा आउने गरेका थिए। तर विगत दुई वर्षयतादेखि भिक्षुहरु काठमाडौंबाट लुम्बिनीको पदयात्रा गर्दै आएका छन्।

थेरावादी समुदायका यी भिक्षुहरु अरु बौद्ध भिक्षुभन्दा कट्टर हुन्छन्। पदयात्रामा रहेका यी भिक्षुहरु अधिकांश समय जंगलमा बिताउने, जंगलमा पाइने जडीबुटी तथा फलफूल सेवन गर्ने गर्दछन्।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्