सिटिजन्स् बैंक र म्याक्स मनि ट्रान्सफरबीच भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौँ– सिटिजन्स् बैंक र म्याक्स मनि ट्रान्सफरबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको हो।

उक्त सम्झौता अनुसार म्याक्स मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको नेपालभर रहेका ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ।

८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुमार्फत करिब पाँच लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएकाे छ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्