एनआईसी एशिया बैंकमा सञ्चालक संघई सम्मानित

काठमाडौँ– एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारको सीआईएपी सम्मानद्वारा सम्मानित भएका छन्।

उनी मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याए वापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट सम्मानित भएका हुन्।

सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो।

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले सम्मान गरेका हुन्।

त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा)बाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले सम्मानित गरेकाे हाे।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू