ठाकुरराम क्याम्पसका आंशिक प्राध्यापक आन्दाेलनमा, पठनपाठन ठप्प

वीरगञ्ज– वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरु पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

आफूहरुलाई करारमा नियुक्ति गर्नुपर्ने, बाँकी रहेको तलब तत्काल उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

तलब उपलब्ध गराउन पटक–पटक माग गर्दा पनि क्याम्पस प्रशासनले सुनुवाई नगरेको भन्दै बाध्य भएर पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिनु परेको नेपाल आंशिक प्राध्यापक संघ ठाकुरराम इकाइ समिति अध्यक्ष तेजनारायण प्रसाद यादवले बताए।

१३ वर्षदेखि कयाम्पसमा अध्यापन गराउँदै आएको भएपनि वर्षमा दुई पटक (दशैँ र फागु पूर्णिमा) मात्रै तलब पाउने गरेको यादवको भनाइ छ।

क्याम्पसले आफूहरुलाई करारमा नियुक्त नगर्दा घरखर्च चलाउन पनि समस्या परेको यादवले बताए। ठाकुरराम कयाम्पसमा ३९ जना आंशिक प्राध्यापकहरु कार्यरत छन्।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्