प्रधानमन्त्री ओलीले शुक्रबार संसदलाई सम्बोधन गर्ने

संसदमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ – आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुरा हुन लागेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन्।

दिउँसो २ बजे बोलाईएको प्रतिनिधी सभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने छन्। केपी ओलीको नेतृत्वमा सरकार गठन भएको शनिबार दुई वर्ष पुरा हुदै छ।

तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधि सभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकिकरण पनि भएको थियो।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्