धनुषा बम काण्डमा संलग्न भएको आशंकामा एक जना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा संलग्न भएको आशंकामा थप एक जना पक्राउ परेका छन्।

धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोटको घटनाको मुख्य योजनाकार मध्ये एक रहेको भन्दै विप्लवका एकजना कार्यकर्ता इन्दल साह धानुखलाई सप्तरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

सप्तरीका जिल्ला इन्चार्ज रहेका उनलाई बुधवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

गत मंसिर २८ गते धनुषाको मिथिला नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगरमा बम बिस्फोट हुँदा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्