जब राजेश हमाल थारु गीतमा कम्मर मर्काइ-मर्काइ नाँचे

दाङ-महानायक राजेश हमाल स्टेजमा उभिदै गर्दा दर्शक दिर्घबाट हुटिङ्ग चल्यो‘राजेश दाई हाई हाई।’ नेपाली चलचित्रका महानायक आउने खबर पाएपछि बिहिबार दर्शकले खचाखच भरियो महोत्सव स्थल।

चलचित्रका पर्दामा मात्रै देखेका राजेश हमालका फ्यानहरु नजिकबाट हेर्न चाहन्थे। त्यो चाहना महोत्सवले पूरा गरिदियो।‘चलचित्रका पर्दामा सधैं देखियो। नजिकबाट कहिल्यै देख्ने मौका मिलेको थिएन’सुमन कालाथोकीले मुहारमा मुस्कान ल्याउँदै भने–‘उहाँको टायलकको म फ्यान हुँ।’

राजेश हमाल लमही आउँदै गरेको खबर पाएर पत्रकार विष्णु आर्ट बिहिबार विहानै लमही आइपुगे। उनी राजेशको फ्यान र आदर्श हुन। यस्तै लमही क्षेत्रमा २८ वर्ष अघि ‘चाहाना’ चलचित्रको छायांकन गरिएको सम्झना हमालले स्टेज मार्फत गरे।

‘यो ठाउँ सँग मेरो पुरानो सम्बन्ध छ’ उनले दर्शकतिर संकेत गर्दै भने–‘यही सेरोफेरोमा चलचित्र सुटिङ्ग गरिएको हो। विगत सम्झना २८ वर्ष पुगेछ । तर, मेरो उमेर त बल्ल २५ पुग्यो।’

जब हमालले आफ्नो उमेरका बारेमा बताउन थाले। त्यसपछि दर्शक दिर्घबाट हाँसोको फोहरा छुट्यो। हमाल स्टेजमा कम्मर मर्काइ-मकाई नाँच्दै गर्दा दर्शकहरुले समेत साथ दिएका दिए।

लमही चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा दर्शकहरुको रोजाई कलाकारहरुको प्रस्तुती हुने गरेको छ। विहीबार नायक राजेश हमाल, गायक चन्द्र शर्मा, ढाकाराम पौडेल लगायतले प्रस्तुती राखेको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानले जानकारी दिए।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू