आज दिनभर कहाँको मौसम कस्तो?

काठमाडौँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू