प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री लीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ । केपी ओलीको नेतृत्वमा सरकार गठन भएको शनिबार दुई वर्ष पूरा हुँदै छ।

तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकिकरण भएको थियो।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्