हिमपातले हुम्लाका होटल सुनसान

सिमकोट  – दुर्गममा स्तरीय सेवा प्रदान गर्दै आएका एक दर्जन पर्यटकीय होटेलहरुमा सुनसान छाएको छ । पटक पटकको बाक्लो हिमपातले फाट्ट फुट्ट रुपमा आउने आन्तरिक पर्यटकहरु पनि आउन छोडेपछि विगत दुई महिनादेखि यी होटेलहरु प्राय ठप्प छन् ।

दुई करोड भन्दा बढी लगानीसहित संञ्चालनमा आएको हुम्ला जिल्लाकै स्तरीय होटेलमा पर्ने सनभ्याली होटेल दुई महिना देखि बन्द जस्तै भएको होटेलका म्यानेजर निमा लामाले बताए ।

हिमपात नभएको भए केही रुपमा आन्तरिक पर्यटक र कार्यक्रम सञ्चालन हुँदा केही राहत हुने गरेपनि लामो समयको हिमपातले होटेल कुर्ने काम मात्रै भएको उनले बताए ।

यता होटेल कैलाशमा कुनै कारोवार नहुने भएपछि बन्द गरेर जाडो छल्न तराईतिर हानिएको होटेल सञ्चालक पेमा लामाले बताए । कुनै कारोवार नहुने देखिएपछि जिल्ला बाहिर अध्ययन गर्ने छोराहरु भेट्न गएको उनले बताए ।

अर्को ठूलो लगानी रहेको होटेल पोतला प्यालेसमा पनि होटेल हेर्ने भन्दा अन्य कुनै काम नभएको होटेल संञ्चालक तथा होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर तामाङले बताए ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्