महावीर पुन

सबैभन्दा पहिले राजनीतिमा ‘इनोभेसन’ जरुरी भयो

कर्णाली सञ्चार नेटवर्कद्धारा सुर्खेतमा आयोजित सम्मेलनलाई गरेको संवोधन गर्दै पुन

सुर्खेत– आर्थिक विकासका लागि अथाह सम्भावना हुँदाहुँदै कर्णाली प्रदेश प्राय सबै आर्थिक र मानवीय सूचकाङ्कमा पछि परेको छ।

मुलुकले संघीयताको अभ्यास गर्न थालेको दुईवर्ष नाघिसक्दा पनि प्रदेश र स्थानीय सरकारले विकासका लागि तालमेल गर्न सकेका छैनन्, त्यसमा कर्णाली पनि पर्छ।

प्रदेश सरकारका मन्त्रीहरुले विकासका लागि संघीय सरकारले आफूहरुको हातमा हतकडी लगाइदिएको आरोप लगाइरहेका छन्।

तर तीनै तहको सरकारले इच्छाशक्ति देखाएर काम गरेका छैनन्। बुद्धि र सीपबाट मात्रै विकास हुन्छ।

अर्थात ‘इनोभसन’ बिना विकास असम्भव छ। आफूले गरेका कामकाबारेमा चर्चापरिचर्चा गर्न नेपालीले लोभ मान्ने र त्यसबाट आफै पछि पर्ने गरेका छन्।

सरकारले केही गरिदिएन भन्दै हात बानेर बस्ने नभई थोरैथोरै रकम संकलन गरेर योजना तथा परियोजनामा लगानी गर्नु पर्छ। व्यापारी बन्नलाई पैसा मात्रै चाहिन्छ भन्ने मान्यता गलत हो।

आविस्कारको जननी वुद्धिबाट हुन्छ। मेला लगाएर इनोभेसन हुँदैन। खोज गरेर इनोभेसन सम्भव हुन्छ। तर धेरै पछि परको क्षेत्रमा सरकारले लगानी गर्न आवश्यक छ। कम्तीमा पनि सरकारले कुल बजेटको ५ प्रतिशत छुट्याउन आवश्यक छ।

इनोभेसनका लागि कुनै शैक्षिक योाग्यतासमेत चाहिँदैन। राजनीतिक नेताहरुले सतही भएर बोल्ने र काम पनि अधुरो गर्ने गर्छन्। राजनीतिमा सबैभन्दा धेरै इनोभेसन चाहिएको छ।

कर्णालीलाई सूचना, प्रविधिको विकाससँग जोड्न सकिएमा सबैभन्दा उत्कृष्ट प्रदेश बन्ने निश्चित छ। प्रविधिको विकासले मानिसको जीवन सहज बन्ने र त्यसबाट उ विकासप्रति सक्रिय बन्छ।

संस्था, केन्द्र या परिजना बनाउने भन्दै धमाधम सम्झौता गर्ने तर काम नगर्ने प्रवृति नेपालीको हुँदा सम्म यहाँको विकास सम्भव छैन।

मुलुकभर सञ्चार, नेटवर्क र प्रविधिको आविश्कार र त्यसको प्रयोग गर्नु पर्छ भन्ने अभियानमा म लागेको छु । तर धेरै मानिस अल्छि र कुरा मात्रै गरेर बस्ने नेपाली भेटेपछि दु:खी छु।

वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्ने मेरो अभियान हो। म म्याग्दीको हो ।

तर मलाई सबै कुनाकन्दराका मानिसको जीवन बदलियोस् भन्ने चाहन्छु। २०१२ मा सूचना तथा प्रबिधी मार्फत देश विकासको सम्भावनाको खोज र आविष्कार गर्ने संस्था राष्ट्रिय आविष्कार केन्द्रबाट म मानिसको जीवन बदलियोस् भन्ने चाहन्छु।

पुनले कर्णाली सञ्चार नेटवर्कद्धारा सुर्खेतमा आयोजित सम्मेलनलाई गरेको संवोधनको सम्पादित अशं..

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू