नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौँ–नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवाबाट नेपाललाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमितव्यक्तिहरू लाभान्वित हुनेछन् ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोनपे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नु पर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्यग गरेको र अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्ने बताए ।

इसेवाले देशका करिब ८० हजारभन्दा बढि एजेन्ट (इसेवाजोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमाएक करोड भन्दा बढिले सेवालिइरहेका छन् ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्