रोबोटमार्फत दीप प्रज्वलन गर्दै क्यान इन्फोटेक सुरु

काठमाडौँ – कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको २६ औं संस्करणको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले उद्घाटन गरे ।

प्रमुख अतिथि बाँस्कोटाले मोबाइलमा बटन थिच्दै रोबोट मार्फत दीप प्रज्वलन गरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने छ ।

यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ। यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्ने छन् ।

क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ। अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्