कांग्रेसद्वारा संसदमा प्रधानमन्त्रीको सम्बोधन रोक्न माग

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज (शुक्रबार) प्रधानमन्त्रीको सम्बोधन रोक्न माग गरेको छ । आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो ।

संसद सचिवालयमा पत्र पठाएर प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न आग्रह गरिएको कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा बमोजिम कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न आग्रह गरेको उनको भनाई छ ।

संसद बैठक दिउँसो दुईबजे बस्दै छ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधिमा गरेका कामहरुबारे जानकारी गराउने पूर्वनिर्धारित कार्यक्रम छ ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्