शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, प्रधानमन्त्रीको सम्बोधन भोलि

काठमाडौँ – राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

तर सांसद उपाध्यायको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो ।

अब भोलि (शनिबार) बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्