वुहानबाट ल्याइने नेपालीका लागि त्रिभुवन विमानस्थलमा ‘डेमो’

काठमाडौँ– चीनबाट नेपाल फर्काइएका विद्यार्थीलाई त्रिभुवन विमानस्थलमा ल्याइएपछि उनीहरुलाई सुरक्षित ठाउँसम्म पुर्‍याउनका लागि विमानस्थलमा ‘डेमो’ गरिएको छ।

शनिबार दिउँसो चीन प्रस्थान गर्ने र आइतबार चीनबाट विद्यार्थी बोकेको विमान अवतरण गरेपछि हुने कामका लागि शुक्रबार दिउँसो विमानस्थलमा ‘डेमो’ गरिएको हो।

विमान विमानस्थलमा अवतरण गर्नेबित्तिकै विद्यार्थीलाई सुरक्षित साथ क्वारेण्टाइनमा पठाउनका लागि विमानस्थलका बस, स्वस्थ्यकर्मी, कर्मचारीलाई ‘डेमो’ गराइएको छ।

चीनबाट फर्केका विद्यार्थीलाई विमानस्थमा स्वास्थ्य परिक्षण पछि सिधै कोटेश्वरको बाटो हुँदै भक्तपुरको क्वारेण्टाइनमा लगिने छ।

विद्यार्थीमा मात्र नभएर ‘क्रु’ मेम्बर समेत १४ दिन क्वारेण्टाइनमा बस्ने छन्।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्