बाटो काट्ने क्रममा जीपको ठक्करबाट असईको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ– सडक दुर्घटनामा परेर काभ्रेपलाञ्चाेकमा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबार भक्तपुरबाट पाँचखाल जाँदै गरेको बा १९ च १३२३ नम्बरको जीपको ठक्करबाट असई तेजबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएकाे छ। उनी प्रहरी चौकी साँघामा कार्यरत थिए।

धुलिखेल अस्पतालमा उपचारको क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बाटो काट्ने क्रममा उनलाई जीपले ठक्कर दिएको काभ्रे प्रहरीले जनाएको छ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्