सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभोबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक र रुपन्देहीस्थित क्लव दे नोभो प्रालिबीच विभिन्न सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने छन्।

उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभाप्रालिका प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरे।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्