देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

यी हुन् सर्वोत्कृष्ट प्रेमपत्र लेखकहरु

देश सञ्चार प्रेमपत्र प्रतियोगिताका सर्वोत्कृष्टहरुको नाम सार्वजनिक भएको छ।

प्रेमपत्र प्रतियोगितामा एनपी शर्माको प्रेमपत्र तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु  सर्वोत्कृष्ट भएको छ। त्यस्तै तीर्थ प्रसाईँ ‘अभिनव’को प्रेमपत्र आऊ प्रिया, धरतीमा एउटा कोमलताको विजारोपण गरौँ ले दोस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थान विष्णु प्रसाद गौतमको प्रेमपत्र बन्द खामभित्रको प्रेम ले हासिल गरेको छ।

प्रतियोगितामा प्राप्त भएका पत्रहरुमध्ये विषयवस्तु, प्रस्तुति, भाषा र गहनताका आधारमा विजयी छनौट गरिएको छ।

प्रथम स्थान हासिल गरेको प्रेमपत्रले १० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर, दोस्रो स्थान हासिल गरेको प्रेमपत्रले ७ हजार रुपैयाँ र गिफ्ट ह्याम्पर तथा तेस्रो स्थान हासिल गरेको प्रेमपत्रले ५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

उत्कृष्ट २० मा पर्न सफल सबै प्रेमपत्रका सर्जकहरुले देश सञ्चार र सिखरदीप फुड इण्डस्ट्रीज प्रालि (इभरफन चक्लेट)का तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन्। ‘इभरफन चक्लेट’काे प्रायोजनमा देशसञ्चार प्रेमपत्र प्रतियोगिता आयोजना भएको हो।

सर्वोत्कृष्टसहित सबै उत्कृष्ट प्रेमपत्रका सर्जकहरुलाई सोमबार (फागुन ५ गते) ३ बजे देशसञ्चारमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरिनेछ।

यी हुन् उत्कृष्ट प्रेमपत्रका सर्जकहरु:

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्