‘जनमत’ले आयाेजना गरेकाे रक्तदानमा ५५ जना सहभागी

नेपालगञ्ज– जनमत अर्धसाप्ताहिकले हिमालयन बैंक, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगञ्ज शाखासँगको सहकार्यमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।

जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ अन्तर्गत हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको हाे।

२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ४५ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन्।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्