रोमाञ्चक खेलमा पिएसजी बराबरीमा रोकियो

रोमाञ्चक खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) एमिएन्ससँग ४–४ को बराबरीमा रोकिएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर पिएसजी र पुछारबाट दोस्रो स्थानमा रहेको एमिएन्सबिच प्रतिस्पर्धात्मक रोमाञ्चक खेल भएको हो ।

अवे मैदानमा भएको खेलमा पिएसजी पहिलो हाफमा ३–१ ले पछि परेको थियो । पहिलो हाफमा एक गोल गरेको पिएसजीले दोस्रो हाफमा तीन गोल थपेको हो ।

पहिलो हाफमा तीन गोल गरेको एमिएन्सले दोस्राृे हाफमा एक गोल थप्न सकेको हो । बराबरीपछि शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६२ अंक भएको छ । एमिएन्स २५ खेलबाट २१ अंकसहित १९ औँ स्थानमा छ ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्