अरविन्द केजरीवालले तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिँदै

दिल्ली विधानसभा चुनावमा लगभग एकतर्फी जस्तै जित हाँसिल गरेको आम आदमी पार्टी (आप) लगातार तेस्रोपटक दिल्लीको सत्तामा फर्किँदैछ ।

अरविन्द केजरीवालले आइतबार तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिँदै छन् । शपथ ग्रहण समारोह दिल्लीको रामलिला मैदानमा हुनेछ ।

केजरीवालले यसअघि २०१३ को डिसेम्बर, २०१५ को फेब्रुअरीमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए । केजरीवालले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन् ।

दिल्लीका सातै सांसद, सबै निगम पार्षद, भाजपा तथा कांग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिएका छन् । तर प्रधानमन्त्री मोदी केजरीवालको शपथ ग्रहण समारोहमा सहभागी हुने या नहुने भन्ने यकिन भएको छैन ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्