कार्तिक र साराको ‘लव आज कल–२’ को व्यापार दुई दिनमा २० करोड

एजेन्सी– ‘भ्यालेन्टाइन डे’को दिनबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘लव आज कल–२’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।

पहिलो दिन बिहीबार १२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको चलचित्रले शुक्रबार ८ करोड एक लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

इम्तियाज अलिको निर्देशनमा बनेको चलचित्रमा कार्तिक आर्यन, सारा अली खान, रणदीप हुड्डा, आरुषी शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

‘लव आज कल–२’ कार्तिक आर्यनको करियरको सबैभन्दा धरै ओपनिङ गर्ने चलचित्रसमेत बनेको छ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्