मुख्यमन्त्रीको मदिरा पार्टीले सामाजिक सञ्जाल तात्यो, के भन्छ सचिवालय?

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आयोजना गरेको एक मदिरा पार्टीको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ।

मुख्यमन्त्रीले आफ्नो कार्यकक्षमै मदिरा पार्टी आयोजना गरेको दाबीसहित सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो भाइरल भइरहेका छन्। कतिपयले पदको गरिमा नराखेको भन्दै गुरुङले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

१ मिनेट पाँच सेकेण्ड लामो भिडयोमा मुख्यमन्त्री गुरुङसहित कुर्सी र सोफामा बसेका व्यक्तिहरुले मदिरा पार्टीमा रमाइलो गरिरहेको देखिन्छ। भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर पनि देखिएका कारण धेरैले मुख्यमन्त्रीकै कार्यकक्षमा मदिरा पार्टी गरिएको दाबी गरेका छन्।

तर यो पार्टी उनको कार्यकक्षमा नभई सरकारी निवासमा आयोजना भएको निजी सचिवालयका तर्फबाट डिल्लीराम सिग्देलले विज्ञप्तिमार्फत दाबी गरेका छन्। फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट रहेको उनले उल्लेख गरेका छन्।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्