बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा रोक्न प्रहरीको सचेतनामूलक कार्यक्रम

पर्सा- बालबबिबाह गरे गराएको आरोपमा गत माघ २० गते बारा प्रहरीले बेहुला बेहुलीसहित उनका अभिभावकलाई पक्राउ गर्‍यो। माघ १६ गते बाल बिबाह गराएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्‍यो।

१५ वर्षीय बालिकासित बिहे गर्ने बेहुलासहित बिहे गराएको आरोपमा बेहुलाका अभिभावक र बालिकाका अभिभावक पनि पक्राउ परेका थिए ।पक्राउ परेका मध्ये बेहुलासहित उनका अभिभावकहरुलाई प्रहरीले बहुबिबाह मुद्दा दर्ता गरी कारवाही प्रकिया अघि बढाएको छ।

यस्तै गत माघ ८ गते घरमा जेठी श्रीमती हुदाहुँदै १६ वर्षीया नाबालिकासित बिहे गर्दै गरेको अवस्थामा प्रहरीले बाराको महागढीमाई नगरपालिकाबाट बाल बिबाह गर्ने बेहुला र बालिकाका पितालाई पक्राउ गर्‍यो।

विवाह भईरहेको भन्ने सुचनाको आधारमा खटिएका प्रहरी टोलीले महागढीमाइृ नगरपालिका वडा नम्बर१ मा रहेको गढीमाई मन्दिर परिसरबाट बिहे गर्नेसोही नगरपालिका वडा नम्बर ८ धर्मपुर टोल बस्ने ३० वर्षका बेहुला र १६ वर्षीय आफनो नाबालिका छोरीको बिहे गराउने बुवालाई पक्राउ गरयो ।पक्राउ परेका बेहुला र बालिकाका बुवाले ललाई फकाई बिहे गराउन लागेको भन्‍ने कुरा प्रहरीको अनुसन्धानबाट खुल्यो।

पक्राउ परेका बेहुला र बालिकाको बुवाविरुद्ध प्रहरीले बालबिवाह तथा बाल बिवाह उद्योग मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढायो। यी त प्रतिनिधी घटना मात्रै हुन यस्ता कतिपय बाल विवाह तथा विवाह मुदाहरु समाजको सामुने नै नआई गोप्य रुपमा बाल बिबाह र बहु बिबाह हुँदै आएको छ।

यस्तो घटनाहरु दिनप्रतिदिन बारा जिल्लामा बढदै गएपछि पछिल्लो समय बारा प्रहरीले त्यसलाई रोक्न तथा जनचेतना बढाउनको लागि प्रहरीले जनचेतना मुलक कार्यक्रमको शुरुवात गरेको छ।

पर्सा बारासहित तराईका जिल्लाहरुमा बालबिबाह गर्ने प्रवृति नरोकिएपछि त्यसलाई रोक्नको लागि बारा प्रहरीले विभिन्‍न जनचेतना मूलक कार्यक्रमहरुको थालनी गरेको हो।

बारा प्रहरीले पछिल्लो समय जिल्लाका बिभिन्न स्थानहरुमा स्थानीय तहको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा विरुद्ध सडक नाटक तथा सांगीतिक कार्यक्रम सहितको सचेतना कार्यक्रम गर्दै आएको छ।

कार्यक्रममा प्रहरीले विभिन्‍न किसिमका सांगीतिक नाटकमार्फत स्थानीयबासीहरुलाई बाल बिबाह बहुबिबाह सम्बन्धि जनचेतनाहरु फैलाउने गरेको छ।सोही क्रममा प्रहरीले गत माघ २२ गते महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरको परिसरमा बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सडक नाटक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो।

कार्यक्रममा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा महिला हिंसा विरूद्ध जनजागरण समाज संस्था वलिरामपुरका कलाकार द्वारा सन्देशमूलक नाटक प्रस्तुत गर्नुका साथै लोकप्रिय भोजपुरी भाषाका गायक सुनिल पण्डितद्वारा सांगीतिक प्रस्तुतिकरण समेत भएको थियो।सोही कार्यक्रममा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैंगिक हिंसा सम्बन्धि कानूनी व्यवस्था बारे प्रहरी निरीक्षक शेख अदालतलले स्थानीयलाइ जानकारी गराएका थिए।

यस्तै माघ २० गते पनि बाराको प्रसौनी गाउपालिकामा प्रहरीले बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सडक नाटक तथा साँगितीक कार्यक्रम सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको थियो।वडा नम्बर २ स्थित श्री बेंगा साह उच्च माबि नजिकै रहेको चौरमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बाराका मुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल तथा प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको पनि सहभागिता थियो। यस्तै सुवर्ण गाउपालिका वडा नम्बर-२ कवहीमा पनि बाल बिबाह तथा बहुबिबाह सम्बन्धि माघ १८ गते कार्यक्रम गरिएको थियो।

त्यस्तै फेटा गाउपालिका वडा नम्बर ३ स्थित फेटा बजारमा बालविवाह, दाईजो प्रथा, बहुविवाह समबन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

उनले जनचेतनामुलक कार्यक्रममा स्थानीयबासीहरुलाई बाल बिबाह नगर्न नगराउन अनुरोध गर्ने गरिएको बताउदै यस्तो गरे कानुनी कानरवाहीको बिषयमा पनि जानकारी गराउने गरेको बताए।उनले यस्ता कार्यक्रमले समाजमा बालबिबाह तथा बहु बिबाह समबन्धि जनचेतना फैलिने उदेशयका साथ प्रहरीले यो कार्यक्रम अगाडि ल्याएको प्रतिक्रिया दिए।

‘बाल बिबाह तथा बहु बिबाह रोक्नकै लागि प्रहरीले यस्तो कार्यक्रम ल्याएको हो’,मिश्रले भने, ‘कार्यक्रममा स्थानीयलाई उनीहरुकै भाषामा यस्ता अपराधहरु रोक्न सचेतनामुलक जानकारीहरु दिने गरेका छौ।

’बाल विवाह तथा बहुविवाह र महिला हिंसा हुनुभन्दा पनि हुनै नदिन यस्ता कार्यक्रमको मुख्य उदेशय रहेको बताउदै मिश्रले यस्ता कार्यक्रमले पछिल्लो समय स्थानीयबासीहरुलाई पनि सचेत गराउने कार्य गरेको बताए।

उनले सचेतना कार्यक्रमकै कारण कतिपय बाल विवाह पनि प्रहरीले सुचना पाएर रोक्न सफल पनि भएको जानकारी दिए।‘कार्यक्रम मार्फत बाल बिबाह गर्न गराउन समाजिक अपराध हो भनेर स्थानीयले थाहा पाउँछन्’, मिश्रले भने, ‘त्यसले गर्दा प्रहरीलाई पनि समयमै सूचना पाइन्छ र बाल बिबाह पनि रोक्न सफल भएका छौ।’

उनले यस्ता कार्यक्रमले समाजमा राम्रो असर गरेको भन्दै यस्ता कार्यक्रमहरु जिल्ला प्रहरी कार्यालय बाराले आगामी दिनमा पनि जारी राख्‍ने बताए।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्