अपराध गर्ने र कानुन उल्लंघन गर्ने जोकोहीलाई सजायँ हुन्छ-प्रधानमन्त्री ओली

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको दुई वर्षे कार्यकालमा धेरै विकासका काम भएको दाबी गरेका छन्।

आइतबार गृहनगर दमकमा विभिन्‍न विकासका कामको उद्घाटन तथा शिलान्यास कार्यक्रमपछि दमक २ को बेलडाँगी खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै दुई बर्षको समयमा देशले विकासको गति लिएको दाबी गरेका हुन्।

उनले भने, ‘देश विकासमा सरकारले ठूलो उपलब्धि  हासिल गरेको छ। ‘

सरकारले अपाङ्ग, असाहय, एकल महिला, बृद्धबृद्धादेखि सडक मानवसम्मका समस्यालाई सरकारले समाधान गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले दुई वर्षमा विद्युतको आपूर्ति र क्षमतासमेत बढाएर हाल देशमा ८८ प्रतिशत क्षेत्रमा विद्युत पुग्न सफल भएको र बाँकी १२ प्रतिशत भूभागमा दुई बर्ष भित्र विजुली पुर्याइसकिने बताए।

प्रधानमन्त्री ओलीले अपराध गर्ने र कानुन उल्लंघन गर्ने जोकोहीलाई सजाय हुने समेत बताए।

ओलीले आइतबार दमकमा भएको कार्यक्रममा कृष्ण मन्दिर–बेलडाँगी सडक, दमक-मधुमल्ला मावा पुल उद्घाटन, रवि-चिसापानी ३३ किलो मिटर सडक कालोपत्रेको शिल्यान्यास, दमकमा निर्माण गरिएको विपन्न आवासको चावी हस्तान्तरण र अवलोकन समेत गरेका छन्।

तस्विर- दमक-मधुमल्ला मावा पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओली।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू