प्रहरीद्वारा दुई थान भरुवा बन्दुक बरामद

वीरगञ्ज– लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले आइतबार दुई थान भरुवा बन्दुकसहित ६ किलाे गाँजा बरामद गरेको छ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँस्थित ऐलानी जग्गामा राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक र सोही भरुवा बन्दुकसँगै भेटिएको ६ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकाश थपालियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

भरुवा बन्दुक राख्नेको खोजतलाश भइरहेको मिश्रले बताए।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्