लिगको २६ औँ खेलमा आर्सनलको सातौँ जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको आर्सनलले चारै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि पिएर एमरिक, पेपे, ओजिल तथा लाकाजेट्टीले एक–एक गोल गरेका हुन् ।

ओजिलले ९० औँ तथा लाकाजेट्टीले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरे । त्यसअघि पेपेले ५७ औँ तथा एमरिकले ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

यो सिजन आर्सनलले प्रिमियर लिगमा सातौँ जित दर्ता गरेको हो । लगातार खराब प्रदर्शन गर्दै आएको टिम यो जितसँगै २६ खेलबाट ३४ अंकसहित १० औँ स्थानमा उक्लिएको छ ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्