रंगभेदी व्यवहारका कारण खेल बिचमै छोडेर बाहिरिए पोर्टोका खेलाडी

पोर्चुगोलको फुटबल क्लब पोर्टोका खेलाडी मौउसा मारेगाले आफूमाथि रंगभेदी व्यवहार भएको भन्दै खेल बिचमै छोडेर मैदानबाट बाहिरिएका छन् ।

पोर्चुगिज प्रिमियरा लिगा अन्तर्गत आइतबार राति भएको भिक्टोरिया गुइमाराएसलाई पोर्टोले २–१ ले पराजित गरेको छ । सो खेलको मध्यतिर फ्यानले आफूलाई केन्द्रमा राखेर रंगभेदी व्यवहार गरेको भन्दै मारेगा बाहिरिएका हुन् ।

६० औँ मिनेटमा मारेगाले पोर्टोका लागि गोल गरेका थिए । त्यसको ९ मिनेटपछि उनी मैदानबाट बाहिरिएका हुन् । उनले फ्यान तर्फ फर्किएर बुढिऔँला तल गरे भने माझीऔँला माथि गरेका थिए ।

पोर्टो तथा विपक्षी टिमका खेलाडीले उनलाई नबाहिरिन भनेका थिए । तर उनी रिसाएर मैदान छोडेका हुन्।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्