मौसमः देशभरको मौसम दिनभर कस्तो रहला?

काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा भने मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । केही स्थानमा तुवालो पनि लागेको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार राति देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा आंशिक बदली हुने मौसमविदले जानकारी दिएका छन् । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्