देशसञ्चार प्रेमपत्र प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार

देशसञ्चार प्रेमपत्र प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार

प्रेमपत्र लेखन प्रतियोगितामा पुरस्कृतहरु। तस्बिर: बर्षा शाह/देशसञ्चार

देशसञ्चार मल्टिमिडियाले आयोजना गरेको प्रेमपत्र लेखन प्रतियोगितामा सर्वोत्कृष्ट हुने र टप २० मा पर्ने प्रतियोगीहरुलाई सोमबार देशसञ्चार कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।

देशसञ्चारले आयोजना गरेको प्रेमपत्र प्रतियोगितामा प्रथम हुने एनके शर्मा (नेत्र आचार्य), द्वितीय हुने तीर्थ प्रसाईँ ‘अभिनव’ र तृतीय हुने विष्णुप्रसाद गौतमसहित टप २० का अन्य विजयीहरुलाई पुरस्कृत गरिएको हो।

प्रथम भएका एनके शर्मा (नेत्र आचार्य)।

प्रथम हुने एनके शर्माले १० हजार रुपैयाँ, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए भने द्वितीय हुने तीर्थ प्रसाईँ ‘अभिनव’ले ७ हजार रुपैयाँ, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। त्यस्तै, तृतीय हुने विष्णुप्रसाद गौतमले ५ हजार रुपैयाँ, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। ‘

शर्माको प्रेमपत्र  ‘तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु’ प्रतियोगितामा प्रथम भएको थियो भने प्रसाईँको प्रेमपत्र ‘आऊ प्रिया, धरतीमा एउटा कोमलताको विजारोपण गरौँ’ दोस्रो भएको थियो। त्यस्तै, गौतमको ‘बन्द खामभित्रको प्रेम…’ प्रतियोगितामा तेस्रो भएको छ।

द्वितीय भएका तीर्थ प्रसाईँ ‘अभिनव’लाई पुरस्कार प्रदान गर्दै देशसञ्चारका मार्केटिङ म्यानेजर कपिल भण्डारी।

टप २० हुने अन्य विजयीहरुलाई देशसञ्चारका तर्फबाट प्रमाणपत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। टप २० मा पर्ने अन्य प्रतिष्पर्धीहरुमा किशोर आचार्य, गोपाल पुजारा, तीर्थ सिग्देल, नानीमैँया दाहाल, फिलोस पौडेल, भोलानाथ शर्मा, मनोज बोहोरा, यमुना थापा, राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट), रामप्रसाद दुलाल, रुपक अधिकारी, लक्ष्मीप्रसाद पौडेल ‘अनुरागी’, विनोद दाहाल, विनोद देवकोटा, सन्तोष सागर, सन्तोष उद्दीप्त र स्वीकृति पौडेल छन्।

शिखरदीप फुड इन्डस्ट्रिजका नेसनल सेल्स म्यानेजर लेखराम गौतमले प्रतिष्पर्धीहरुलाई प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।

प्रतियोगितालाई शिखरदीप फुड इन्डस्ट्रिज र बिएफ डियरहिल्स सुजले प्रायोजन गरेका थिए।

देशसञ्चार प्रेमपत्र प्रतियोगितामा टप २० मा पर्न सफल सबै विजयीहरुको प्रेमपत्र तलको लिंकमा पढ्न सक्नुहुनेछ।

तृतीय स्थान प्राप्त विष्णु प्रसाद गौतमलाई पुरस्कृत गर्दै संयोजक दीपा दाहाल।

 

प्रतियोगिताका विजयीहरु।

 

रुपक अधिकारी।

 

स्वीकृति पौडेल।

 

फिलोस पौडेल।

 

यमुना थापा।

 

रामप्रसाद दुलाल।

 

भोलानाथ शर्मा।

 

राजेन्द्र झल्लु प्रसाद।

 

सरोज उद्दीप्त।

 

विनोद देवकोटा।

 

शिखरदीप फुड इन्डस्ट्रिजका नेसनल सेल्स म्यानेजर लेखराम गौतमलाई प्रशंसापत्र प्रदान गर्दै देशसञ्चारका सहसम्पादक मनोज दाहाल।

 

यो पनि पढ्नुहोस्

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्