निर्भया केसः अदालतले जारी गर्‍यो फाँसीको नयाँ मिति, अब तीन मार्चमा फाँसी

निर्भयाकी आमा आशादेवी।

पटियाला हाउस कोर्टले सामूहिक बलात्कारको शिकार भएकी निर्भयाका सबै दोषीलाई फाँसी दिन नयाँ मिति तोकेको छ। नयाँ मितिअनुसार दोषी चारै जनाको ३ मार्चका दिन बिहान ६ बजे फाँसी हुने भएको हो।

कोर्टले यो फैसला निर्भयाका माता–पिताको जाहेरीमा सुनाइएको हो, जसमा उनीहरुले चारै जना दोषीलाई नयाँ फाँसीको मिति तोक्न माग गरेको थिए।

भारतीय सञ्चार माध्यममा बोल्दै निर्भयाका माता–पिताले कोर्टको यो निर्णयदेखि आफूहरु खासै खुसी नभएको बताएका छन्। निर्भयाकी आमाले भनेकी छन्, ‘आशा गरौँ मार्च ३ को मिति अन्तिम होस्, यो कारणले हामी खुसी छैनौँ कि यो फाँसीको मिति तोकेको तेस्रो पटक हो तर पनि हामी खुसी छौँ किनभने हामी यति धेरै संघर्ष गरिरहेका छौँ।’

‘म आजको निणर्यबाट सन्तुष्ट छु। कयौँ पटक मानिस हरेस खाएर पछाडि हटिरहेका हुन्छन्, तर हामी लड्दै आइरहेका छौँ’ उनले भनेकी छन्।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्