फागुन १६ देखि चितवनमा अन्तराष्ट्रिय पोल्ट्री एक्सपो हुने

काठमाडौँ-पोल्ट्री क्षेत्रको विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले ‘नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रदर्शनी २०२०’ हुने भएको छ।

सोमबार काठमाडौँस्थित लाजिम्पाटमा एक कार्यक्रमको आयोजनागरी नेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनमा फागुन १६ देखि १८ गतेसम्म चितवन एक्स्पो सेन्टरमा नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको हो।

उक्त प्रदर्शनीमा नेपालसँगै भारत, जर्मनी, वेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न मुलुकको सहभागिता रहने महासंघले जनाएको छ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले अकरिब सवा करोडको लागतमा आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यवसायी र सर्वसाधरणले व्यवसाय विस्तारका लागि प्राविधीक तथा कृषि सम्बन्धी जानकारी लिन सक्ने बताए।

उनले भने ‘ फागुन १३, १४ र १५ गते नेपाल भेटेरिनरी संघसँगको सहकार्यमा पोल्ट्री तालिमको आयोजना गरिने छ। तालिममा सहभागिले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय वैज्ञानिकमार्फत प्रविधि, वायो सेकुरीटी लगायत आवश्यक विषयबारे जानकारी दिइनेछ।’

उनले आधुनिक समयमा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा जान क्षमता विस्तारका लागि प्रविधिको ठूलो महत्व हुनुका साथै यी कुरालाई मध्यनजर गर्दै भएका र नयाँ व्यवसायीलाई लक्षित गर्दै प्रदर्शनी आयोजना गर्न लागेका बताए।

यस्तै नेपाल कुखुरा तथा अण्डा उत्पादनमा आत्मनिर्भबर भएको उनले बताए। उनका अनुसार उपभोक्तालाई माग अनुसार सुपथ मूल्यमा स्वस्थ कुखुराको मासु र अण्डा विक्री वितरण गर्नु महासंघको मुख्य उद्धेश्य हो।

अध्यक्ष विष्टले सरकारले पोल्ट्री उद्योग नीति नबनाएकाले समय–समयमा विभिन्न सम्स्याहरु उत्पन्न हुने बताए। उनी भन्छन्,‘पहिलो कुरा त नीति नै बन्न गाह्रो छ, बने पनि पालना गर्न गाह्रो छ।’

मासुको मूल्य वृद्धि हुनुको मुख्य कारण माग र आपूर्तिको तालमेल नमिलेको उनको भनाई छ। ‘डिमाड अनुसारको सप्लाई छैन। र व्यवसायीकरण भयो भने मूल्य सन्तुलन हुन्छ, उनले भने।’

नेपाली पोल्ट्री किसानले गर्दै आएको व्यवसायलाई अन्तर्रा्ष्ट्रिय स्तरमा लैजाने तथा सुलभ र गुणस्तरीय बनाउने उद्देश्यले विगत चार वर्षदखि पोल्ट्री हबका रुपमा परिचित चितवनमा प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ।

उक्त प्रदर्शनीमा निशुल्क पासको व्यवस्था गरिएको छ भने डेढ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ।
आयोजकका अनुसार दुई सय वटा स्टल रहने छन्।

खरबौँको लगानी र लाखौँ रोजगारी रहेको पोल्ट्री क्षेत्रको विकास र विस्तार मात्र नभइ भ्रमण वर्ष २०२० र आर्थिकतन्त्रमा पनि मा टेवा पुग्ने महासघंले जनाएको छ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्