कतार एयरवेज र एन्फाबीच सम्झौता

दोहा-कतार एयरवेजको सफलतापूर्वक प्रायोजनसहित ए डिभिजन शहीद स्मारक लिग २०१९–२०२० को समापन भएको छ जहाँ सम्माननीय उप–प्रधानमन्त्री श्री ईश्वर पोखरेलको मुख्य उपस्थिति रहेको थियो।

हजारौँ दर्शकहरुको उपस्थिति रहेको अन्तिम खेलमा सान मिगेल मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हात पार्‍यो।

नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म आयोजना भएको थियो।

साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखियो।अन्तिम खेल अगाडि कतार एयरवेजले एक सातासम्मको लागि शेर्पा मलमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु सहित फ्यान जोनको पनि आयोजना गरेको थियो।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्