लिभरपुल आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने पहिलो टिम

च्याम्पियन्स लिग फुटबलमा यो सिजनको नकआउट चरण सुरु भएको छैन, तर साबिक विजेता लिभरपुलले आउँदो सिजनका लागि स्थान पक्का गरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न नसकेपछि प्रिमियर लिगको लिडर लिभरपुल शीर्ष चारमा रहने पक्का भएको हो ।

जर्गेन क्लोपको टिम लिभरपुल पाँचौँ स्थानको टोटनह्याम भन्दा ३६ अंकले अघि रहेको छ । प्रिमियर लिगमा १२ खेल बाँकी छन् लिरभपुलका ।

आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने लिभरपुल पहिलो टिम हो ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्