बार्सिलोनामाथि मेस्सीसहितका आफ्नै खेलाडीविरुद्ध सामग्री पोस्ट गर्न कम्पनी नियुक्त गरेको आरोप

स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले आफ्नै खेलाडीमाथि आक्रामक सामग्री पोस्ट गर्नका एक संस्थालाई जिम्मेवारी नै दिएको अभियोग अस्वीकार गरेको छ ।

स्पेनको एक रेडियो स्टेसनले दाबी गरेको थियो कि बार्सिलोनाले क्लबका अध्यक्ष जोसेफ मारियाको प्रतिष्ठा कायम राख्नका लागि उनीसँग विमत्ति जनाउने खेलाडी विरुद्ध सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नका लागि फर्म नै नियुक्त गरेको छ ।

यसरी निशानामा पर्ने खेलाडीमा लियोनल मेस्सी र जेरार्ड पिकेसहितका छन् । तर बार्सिलोनाले भने सो आरोप अस्वीकार गरेको हो ।

एसइआर क्याटालुन्यामा प्रशारण भएको पोडकास्टमा आइ३ भेन्चर नामक कम्पनीले ट्वीटर र फेसबुकमा धेरै एकाउन्ट म्यानेज गर्ने गरेको र ती एकाउन्ट मार्फत खेलाडीविरुद्धका सामग्री पोस्ट गर्न बार्सिलोनाले लगाएको दाबी गरिएको थियो । बार्सिलोनाले सो आरोप पूर्ण रुपमा अस्वीकार गर्दै त्यसविरुद्ध कानूनी उपचारमा जाने बताएको छ ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्