सल्यान दुर्घटनामा गम्भीर घाइते सेनाका मेजरको ईश्वर सिलवालको मृत्यु

काठमाडौँ – सल्यानमा गएको बुधबार सेनाको गाडी दुर्घटना हुँदा घाइते भएका सेनाका एक मेजरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३५ वर्षका मेजर ईश्वर सिलवालको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

यसअघि घटनास्थलमै सेनाका जमदार यादव भडोलको मृत्यु भएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका ६ जनामध्ये सोमबार मेजर सिलवालको मृत्यु भएको हो । उनको सोमबार नै अन्त्यष्टि भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकाको चोरखोलामा गएको बुधबार सिमखर्कबाट दाङका लागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी सडकबाट तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ,रेशम लित मगर र विपिन श्रेष्ठको उपचार जारी छ ।

मेजर ईश्वर सिलवाल
फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्