दाह्री पालेको वा इन्टरनेट चलाएकै आधारमा चीनले युगुर मुस्लिमलाई बन्धक बनाएको आरोप

चीनले युगुर मुस्लिम समुदायदका मानिसलाई दाह्री पालेको, पछ्यौरा ओढेको वा इन्टरनेट चलाएकै आधारमा डिटेन्सन सेन्टरमा बन्धक बनाएको खुलासा भएको छ ।

चीनले सयौँ हजार युगुर मुस्लिमलाई सामान्य भन्दा सामान्य व्यक्तिगत बानी व्यवहारका कारण बन्धक बनाएको नयाँ कागजातहरुले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

चीनका अधिकारीले युगुर समुदायका हरेक व्यक्तिको दैनिक गतिविधिमा मसिनो निगरानी गरेको देखिएको हो । कस्तो कपडा लगाउँछन्, दाह्री कत्तिको लामो पाल्छन्, कोसँग बोल्छन् या धार्मिक गतिविधिमा उनीहरुको संलग्नता या इन्टरनेटमा उनीहरुले के हेर्छन् भन्नेसम्मको निगरानी गर्ने गरेको देखिएको हो ।

चीनले युगुर जातिका मानिसलाई विपक्षी–अतिवादीको रुपमा राजनीतिक क्याम्पमा बन्धक बनाएर राखेको आरोप छ ।

युगुर स्वायत्त क्षेत्रलाई चीनले बिस्तारित नजरबन्द क्याम्पको रुपमा परिणत गरेको आरोप छ।

युगुर जाति, विशेष गरी चीनको शिङ्गजियाङ्ग प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय हो । यो प्रान्तको जनसंख्यामा युगुर जातिको हिस्सा ४५ प्रतिशत रहेको छ । शिङ्गजियाङ्ग उसको दक्षिणमा रहेको तिब्बत जस्तै स्वायत्त राज्य हो ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्