सुनको मूल्य तोलामा ७६ हजार ७ सय

काठमाडौँ – साताको तेस्रोे दिन मंगलबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ७६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ७६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलामा ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यस्थिर रही तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू