मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ बचत योजना

काठमाडौँ– मेगा बैंकले ग्राहकहरुका लागि ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ बचत योजना ल्याएको छ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि मंगलबार बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो।

न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।

यस योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

यस्तै मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष नि:शुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार नेपालभित्रका जुनसुकै बैंकका एटीएमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिनुका साथै खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन्।

बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्